चितवन समाज अष्ट्रेलियाले रक्तदान गर्दै

६ अप्रिल सिड्नी ।
सन् २०११ देखि सिड्नीमा सक्रिय रहेको चितवन समाज अष्ट्रेलियाले सामाजिक कार्यक्रम अन्तर्गत आज देखी एक महिना सम्म रक्तदान गर्ने भएको छ । कार्यक्रम हरेक साताको शनिबार ४ चरणमा गर्न लागिएको हो ।समाजले आज पहिलो चरणको रक्तदान आज गर्दैछ । समाजले आफ्नो बार्षिक रक्तदान कार्यक्रम अनुसार रक्तदान कार्यक्रममा अघि बढाएको हो । रक्तदान टाउनहलको डोनर सेन्टरमा हुनेछ ।

सबैको समयलाई मध्यनजर गर्दै समाजले ४ शनिबारलाई चरणका रुपमा अघि ल्याउदा ईच्छुकले समय मिलाउन सहज हुने भएको छ । आज समय नमिल्नेले अप्रिल १३,२० र २७ मा समेत रक्तदान गर्न पाउनेछन् । जस्का लागि अनलान दर्ता गर्नु पर्ने हुन्छ । समाजले समय सापेक्ष सामाजिक कार्यमा दरिलो सहभागीता जनाउदै आईरहेको छ ।

रक्तदान गर्नका लागि तलको लिकंका क्लिक गरेर आफ्नो बिबरण भर्न सक्नुहुनेछ ।
You can register via centre or online using the following links ;
1.Check Eligibility:
2. Register online:
3. Schedule via CSA Blood Donation Form:

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।