अष्ट्रेलियन पीआरको लागि निबेदन दिदा झुटो कागजपत्र बझाएपछि…

सिड्नी ।

अष्ट्रेलियनमा एक भारतीय नागरिक ले आफु रिजनल क्षेत्र मा २ वर्ष बसेको भन्दै पी आर को लागि एप्लाई गर्दा कुनै व्यक्ति ले त्यो कुरा झुटो हो भनेर इमिग्रेसनमा सुचना दिएपछि उनको पी आर पाउने सपना टुटेको छ ।आफ्नो नाम नखुलाएका एक भारतीय नागरिक सिंह २००७ मा बिधार्थी भिसा मा अस्ट्रेलिया आएका थिए ! र उनले सन् २०१२ मा ४८७ भिषा पाएका थिए ।

जसले पीआरको लागि बाटो खुल्ला गरिदियो । त्यसपछि ती भारतीयले पीआरको लागि निवेदन र आफू रिजनल क्षेत्रमा बसेको प्रमाण स्वरुप गाडी भाडा, बिजुलीको बिल, ट्याक्स रेकर्ड आदि सबै बुझाएका थिए । उनले २०१३ देखि २०१५ सम्म आफू रिजनल क्षेत्रमा बसेको उल्लेख गरेका थिए ।

अर्का एक व्यक्तिले इमिग्रेसनमा सिंहले झुटो विवरण पेश गरेको र उनी रिजनल क्षेत्रमा नबसेको जानकारी दिएपछि पीआर एप्लिकेसन रद्द भएको छ । अनुसन्धानमा सिंहले रिजनल क्षेत्रमा बस्ने ठाउँ भाडामा लिएर आफू भने मेलबर्नमा बसेका थिए । सिंहका एक साथीले पनि यसैगरि पीआरको लागि एप्लाई गरेका थिए । तर उनको झुट थाहा भएपछि उनलाई डिपोर्ट गरिएको थियो । Source : SBS News

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।