सडक दुर्घटना एकको ज्यान गयो ४ गम्भिर घाईते

सिड्नी ।
अष्ट्रेलियामा पछिल्लो समय नेपाली समुदायका लागि दिन प्रति दिन दुःखद् खबर आईरहेका छन् । बिहिबार मेल्बर्न जाने क्रममा ५ जना नेपाली बिध्यार्थी सबार कार दुर्घटनामा परेको छ ।

१९ र २० का नेपाली बिध्यार्थीहरु रहेको कार हुम हाईबेको नर्थ अल्बरीमा दुर्घटना हुदा एकको घटना स्थलमा नै मृत्यु भएको छ भने अन्य ४ गम्भिर घाईते भएको स्थानीय टेलिभिजन नाईन न्युजले जनाएको छ ।

पछिल्लो समय स्थानीय मिडियाहरुले ‘नेपाली’, ‘ईन्डियन’ भनेर राष्ट्रियता जोडेर समचार सम्प्रेसण गर्ने गरेको भए पनि सो बारे ब्यापक गुनासो भएपछि अहिले स्थानीय ठुला मिडियाले समेत राष्ट्रियतालाई लुकाउदै ईन्टरनेश्नल स्टुडेन्ट भन्ने गरेका छन् ।

https://www.facebook.com/9NewsRiverina/videos/2338370446408993/

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।