नयाको क्रुज पार्टी

२४ मार्च सिड्नी ।सिड्नीमा रहेका नेपाली युवाहरुको समुह नेप्लिज अष्ट्रेलियन युथ एशोसियसन (नया) ले क्रुज पार्टी गरेको छ । नयाले बार्षिक रुपमा क्रुज पार्टी आयोजना गर्दै आईरहेको छ । जसअन्तर्गतको छैठौ संस्करण शनिबार गरेको हो ।

सन् २०१३ सालमा स्थापना गरिएको नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नया) नेपालको सामाजिक काम देखि लिएर अष्ट्रेलियामा समेत सामाजिक कार्यमा सहभागीता जनाउने गरेको छ । पूर्ण रुपमा पारिवारिक वातावरणमा सम्पन्न पार्टीमा सहभागीहरुले मनोरन्जन लिएको जानकारी प्राप्त छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।