मेल्बर्नमा भारतीय कम्पनीले विधार्थीलाई प्रतिघन्टा ६ डलर तलब

सिड्नी ।

मेल्बर्नमा विधार्थीलाई एक भारतीय कम्पनीले प्रतिघन्टा ६ डलर को हिसाब ले दिएको खुलेको छ ।  भारतीय बिधार्थी मोहित जेंन लाइ भारतीय कम्पनि ले नै प्रतिघन्टा ६ डलर दिएको खुलेको हो । सो भारतीय कम्पनि ले मोहित जेन लाइ सरसफाई कामको रुपमा काम दिएका थियो । मोहित जेन ले झ्याल पुछ्ने , स्टोर रुम सफा गर्ने घर पछाडी को भुइँ पुछ्ने थियो तर उनले यो सबै काम को छुट्टा छुट्टा पैसा दिने शर्त मा सुरु गरेका थिए । तर सो कम्पनि को मालिक ले उनलाई श्रम शोषण गरेको मोहित को आरोप छ । मोहित आफु ठगिएको खुलाउदै अरु बिधार्थिहरुलाई पनि सजग रहन अनुरोध गरेका छन ।

मोहितका अनुसार उनले त्यहाँ पहिलो दिन दश घण्टा, दोस्रो दिन सात घण्टा र तेस्रो दिन तीन घण्टा गरि जम्मा २१ घण्टा काम गरे । तर ती मालिकले २१ घण्टा कामको मोहितलाई १ सय २० डलर मात्र दिए । मोहितले आफ्ना देशको, आफ्नै समुदायको व्यक्तिले नै आफूलाई ठगेकोले अझ बढी दुख लागेको बताएका छन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।