सिड्नी ।
अष्ट्रेलियाको लाईसेन्स लिने सोचमा हुनुहुन्छ भने अब नेपालको अंग्रेजी प्रमाणित कपि बनाउन झनझट गरिरहनु पर्दैन ।
अष्ट्रेलियाको लागि जनर्ल कन्सुलेट एनएसडब्लुको कार्यालय बाट प्राप्त सुचना अनुसार यदि तपाई संग नेपालको स्मार्ट लाईसेन्स छ भने अंग्रेजीमा प्रमाणित गर्न पर्दैन ।तर,पुरानो लाईसेन्सका लागि प्रमाणित चाहिन्छ ।
यसअघि अष्ट्रेलियाको फुल लाईसेन्स लिनका लागि नेपालको फुल लाईसेन्स भएकाहरुले नेपालको अग्रेजी प्रमाणित कपि पेस गरेपछि मात्रै जनर्ल कन्सुलेटको कार्यालयले यहाँको लाईसेन्सका लागि सीफारिस पत्र दिने गरेको थियो । भने,गत महिना देखि नेपालको स्मार्ट लाईसेन्स बाहकलाई नेपालको प्रमाणित कपि बिना नै सिफारिस पत्र उपलब्ध गराउन थालेको छ ।
यहाँको लाईसेन्सका लागि जनर्ल कन्सुलेटको कार्यालयमा ७५ डलर सेवाशुल्क भुक्तान गर्नुपर्ने हुन्छ ।यस्तै पछिल्लो समय लाईसेन्सका लागि सिफारिस लिनेको संख्यामा कमि आएको छ ।