सिड्नी आईपुगे होली हंगामाका कलाकार

  NTV NEWS

सिड्नी ।
दश बर्ष अघि स्थापना भएको एसोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा)ले शनिबार सिड्नी स्थित रकडेलमा आयोजना गरेको ‘होली हंगामा’का लागि कलाकारहरु सिड्नी आईपुगेका छन् ।एन्टाको होली हंगामाका लागि कलाकारहरु रमेशराज भट्टराई, सुनिल पण्डित र डोली सरकार आएका हुन् । बिहिबार राती  सिड्नी आईपुगेका हुन् ।

कलाकारलाई एन्टा अध्यक्ष अरुण ठाकुर,सन्त गुप्ता,रन्जित शाह लगायतका ब्यक्तिहरुले स्वागत गरेका थिए । एन्टाले बिगतका दिनहरु देखि नै सामाजिक कार्यमा सहयोग गर्दै आएको बताउदै यस पटकको होली हंगामा बाट उठेको रकमले तराईको बिध्यालय निर्माणमा सहयोग गर्ने संस्थाका अध्यक्ष अरुण ठाकुरले बताएका छन् ।

कार्यक्रममा डिनर सहितको ३५ डलरको टिकट राखिएको छ । साँझ ६ बजे देखि सुरु हुने कार्यक्रम ११ बजे सम्म चल्ने र कार्यक्रममा नेपालको झल्को मेटिने गरी रंग खेल्ने ब्यबस्था रहने आयोजकले जानकारी गराएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।