सिड्नी ।
दश बर्ष अघि स्थापना भएको एसोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा)ले शनिबार सिड्नी स्थित रकडेलमा आयोजना गरेको ‘होली हंगामा’का लागि कलाकारहरु सिड्नी आईपुगेका छन् ।
एन्टाको होली हंगामाका लागि कलाकारहरु रमेशराज भट्टराई, सुनिल पण्डित र डोली सरकार आएका हुन् । बिहिबार राती सिड्नी आईपुगेका हुन् ।
कलाकारलाई एन्टा अध्यक्ष अरुण ठाकुर,सन्त गुप्ता,रन्जित शाह लगायतका ब्यक्तिहरुले स्वागत गरेका थिए । एन्टाले बिगतका दिनहरु देखि नै सामाजिक कार्यमा सहयोग गर्दै आएको बताउदै यस पटकको होली हंगामा बाट उठेको रकमले तराईको बिध्यालय निर्माणमा सहयोग गर्ने संस्थाका अध्यक्ष अरुण ठाकुरले बताएका छन् ।
कार्यक्रममा डिनर सहितको ३५ डलरको टिकट राखिएको छ । साँझ ६ बजे देखि सुरु हुने कार्यक्रम ११ बजे सम्म चल्ने र कार्यक्रममा नेपालको झल्को मेटिने गरी रंग खेल्ने ब्यबस्था रहने आयोजकले जानकारी गराएको छ ।








