सजिलो छैन अष्ट्रेलियाको पिआर

सिड्नी,

अष्ट्रेलियामा सजिलै पिआर पाईने खबरहरु आईरहे पनि सोचे जस्तो सजिलो भने छैन । देख्दाको अष्ट्रेलिया र भोग्दाको अष्ट्रेलिया आकासजमिनको फरक छ ।

अष्ट्रेलियामा पि आर लिएर स्थायी बसोबास गर्ने सोचमा हुनुहुन्छ भने अहिले गतिलो मौका जुरेको छ । अष्ट्रेलियन सरकारले नर्दन टेरिटोरी राज्य र भिक्टोरिया राज्यका वारनामवोल क्षेत्रमा स्थायी बसोबासका लागि मध्यमस्तरका सिप भएका मानिसलाई पनि पिआर दिन लागेको छ । यो  केहि हद सम्म लचकता भए पनि सजिलै पिआर पाउन नसकिने अनुभबी बताउछन् ।

तर,पिआर पाउन सहज छैन भन्दा बिध्यार्थीहरु आउन कमि हुने भएकाले पनि अष्ट्रेलियाका कन्सलटेन्सी संचालक र माईग्रेसन एजेन्टहरुले नकरात्मक प्रतिकृया दिदैनन् । नेपाल बाट आउने अधिकांस बिध्यार्थी पिआर र पैसा कमाउनकै लागि अध्ययनका निम्ति आउने गरेका छन् वास्तविकता यहि नै हो  ।

अष्ट्रेलियन सरकारले हालै जारी गरेको सुचनामा मध्यमसहित १ सय १७ पेशा र सिपलाई पि आर सूचिमा राखेको छ ।यो पुरानो सुचिमा केहि सि थप गरिएको मात्र हो । सन् २०१९ जनवरी १ बाट लागू हुने गरि जारी गरिएको उक्त कार्यक्रमलाई डेजिग्नेसन एरिया माईग्रेसन एग्रिमेन्टस् (डामा ) भनिन्छ । डामा अन्तर्गत नेपालीले अष्ट्रेलियामा सबैभन्दा धेरै काम गर्ने क्षेत्र एज केयर, बारिष्टा, चालक र फ्रोक लिफ्टिङ समेत परेको छ । त्यस्तै कुक, मोटर मेकानिक, डे केयर वर्कर, व्युटि थेरापिष्ट पनि पि आर पाउने भएका छन् ।

डामा अन्तर्गत योजनामा पि आर पाउनका लागि नर्दन टेरिटोरीमा तीन वर्ष बस्नु पर्नेछ । सिड्नी, मेलवर्न जस्ता ठुला शहरमा आप्रवासीहरुको संख्या बढेसंगै सरकारले जनसंख्या कम भएको स्थानमा पि आर योजना ल्याएर व्यवस्थापन गर्दै आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।