एन्टाले होली पर्ब मनाउने

सिड्नी ।
दश बर्ष अघि स्थापना भएको एसोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा)ले यस बर्ष होली पर्बको अबसरमा ‘होली हंगामा’आयोजना गर्ने भएको छ ।एन्टाले प्रेस भेटघाट कार्यक्रम आयोजना गरी कार्यक्रमको जानकारी गराएको हो । एन्टाले बिगतका दिनहरु देखि नै सामाजिक कार्यमा सहयोग गर्दै आएको बताउदै यस पटकको होली हंगामा बाट उठेको रकमले तराईको बिध्यालय निर्माणमा सहयोग गर्ने संस्थाका अध्यक्ष अरुण ठाकुरले बताए ।

यहि मार्च ९ मा सिड्नी स्थित रकडेलमा हुने होली हंगामामा रमेशराज भट्टराई र सुनिल पण्डितले प्रस्तुती दिने छन् । कार्यक्रममा डिनर सहितको ३५ डलरको टिकट राखिएको पनि आयोजकले जानकारी दिएको छ ।

साँझ ६ बजे देखि सुरु हुने कार्यक्रम ११ बजे सम्म चल्ने र कार्यक्रममा नेपालको झल्को मेटिने गरी रंग खेल्ने ब्यबस्था रहने आयोजकले जानकारी गराएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।