सिड्नी ।
सिड्नीका थारु समुदायले मक्कर संक्रान्ती अर्थात् माघे संक्रान्तिको अबसरमा सोहि दिन माघी पर्ब मनाएको छ । थारु समाज अष्ट्रेलियता सिड्नीको आयोजनामा मंगलबार टेम्पे पार्कमा माघी फेष्टिभल मनाएको हो ।नेपालका बिभिन्न जिल्लाहरुमा थारु समुदायको बाक्लो समुदाय छ । यो समुदायले माघी पर्बलाई बिशेष पर्बका रुपमा मनाउदै आईरहेका बेला अष्ट्रेलियामा भने पहिलो पटक माघी पर्ब मनाएको हो ।
फेष्टिभलमा पदम नारायण चौधरीले अष्ट्रेलिया जस्तो ब्यस्त दैनिकि भएको मुलुकमा पनि आफ्नो परम्परा जोगाउन आयोजित कार्यक्रमको प्रसंसा गरे । कार्यक्रममा सिड्नीका नेपाली समुदायका संघ-सस्थाका पदाधिकारीको समेत उपस्थित थियो ।
कार्यक्रमलाई नेपाली टिभि अष्ट्रेलियाले प्रत्यक्ष प्रसारण गरेको थियो ।