सिड्नी ।
पुर्ब स्वास्थ्यमन्त्री तथा सभासद गगन थापा शनिबार बिहान सिड्नी आएका छन् । शनिबारै उनी सिड्नीमा जीवन उत्थानको गाला डिनरमा सहभागी बने भने आईतबार मेल्बर्नको एक कार्यक्रममा सहभागी भएका छन् ।
जीवन उत्थान नामको संस्थाको गाला डिनरका लागि सिड्नी आईपुगेका पुर्बमन्त्री तथा सभासद गगन थापाले गैरआवासीय नेपालीका सन्तानले पनि नेपालको नागरीकता पाउनु पर्ने बताएका छन् । उनी आईतबार भने नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियाले मेल्बर्नमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन् ।







