स्वयंसेवकलाई नेपाल फेष्टिभल मेलबर्नको सम्मान

मेल्बर्न ।
गत डिसेम्बर १५ मा सम्पन्न नेपाल फेष्टिभल मेल्बर्नका आयोजक एनआरएनएन भिक्टोरियाले फेष्टिभललाई सहयोग गर्ने संघ-संस्था तथा स्वयंमसेवीहरुलाई सम्मान गरेको छ ।कोबर्ग लेकमा आयोजना गरिएको कार्यक्रममा स्वयंसेवकहरुका साथै कलाकार, पत्रकार र सहयोगी संस्थालाई सम्मानपत्र वितरण गरिएको हो । कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन लगायतका ब्यक्तिवको समेत उपस्थित थियो ।

कार्यक्रममा एनआरएनका अध्यक्ष टोनु घोताने लगायतले सहयोगीहरुलाई धन्यबाद दिएका थिए । कार्यक्रममा नेपाल फेष्टिभलका लागि एनआरएनले बनाएका विभिन्न टिमका संयोजकहरुले आफ्नो धारणा राखेका थिए । हरेक दुई वर्षमा एनआरएनले नेपाल र नेपालीको प्रबर्द्दन स्वरुप नेपाल फेष्टिभलको आयोजना गर्दै आएको छ ।

उता नोभेम्बर २४ मा सिड्नीमा सम्पन्न नेपाल फेष्टिभल सिड्नीले भने अहिले सम्म धन्यबाद प्रदानको कार्यक्रम गरेको छैन । यद्दपी आयोजक समितिका संयोजक नन्द गुरुङले भने फेष्टिभलको भोलीपल्टै आफू निकटकका ब्यक्तिहरुलाई मात्र बोलाएर बार्बिक्यु कार्यक्रम गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।