सिड्नी ।
गत डिसेम्बर १३ तारीखमा सिड्नीमा आयोजित ‘पुष्कर शाह गाला डिनर’ बाट ट्रष्टलाई आठ हजार तीन सय पैतालिस डलर फाईदा भएको छ ।गाला डिनर भएको महिना बित्नै लाग्दा आयोजक बद्री बरुवालले पुष्कर ट्रष्टको हिसाब देखाएका हुन् । च्यारिटीका लागि भन्दै आयोजकले कार्यालय-कार्यालयमा पुगेर टिकट बेचेकाले पनि लामो समय सम्म हुदा आयोजकले संकलन भएको पैसाको हिसाब नदेखाउदा चौतर्फी रुपमा आयोजकलाई दबाब परेको स्रोत बताउछ । जसका कारण बरुवालले प्रेस रिलिज निकालेका हुन् ।
पुष्कर शाहको २ हजार थान किताब छापिदिने एभरेष्ट मिडियाका संतोष अधिकारीले समेत समयमा आयोजकले हिसाब नदेखाएको भन्दै नेपाली टिभी संगको टेलिफोन सम्पर्कमा आक्रोस पोखेका थिए । यस्तै स्रोतका अनुसार पुष्कर शाह आफै पनि आयोजकको हिसाब प्रति संतुष्ट नरहेको बुझ्नमा आएको छ ।
आयोजकले हिसाब देखाए पनि सतप्रतिशत रुपमा पारदर्शि भने देखिदैन । प्रेस रिलिजमा जम्मा आम्दानी,खर्च र फाईदा मात्र उल्लेख गरिएको छ । स्पोन्सर र टिकट बाट उठेको कुरा उल्लेख छैन । उनको साईकल मात्रै एक हजार आठ सय पचास डलरमा बिक्रि भएको थियो ।