सिड्नी
करिब एक दशक देखि सिड्नी बस्दै आएका मधेसमुलका रंजित शाह मधेसी पत्रकार समाजले आयोजित हिरोज अफ मधेसको उत्कृष्ट १०० मा मनोनयनमा परेका छन् ।सिड्नीमा मधेशी समाज र विद्यार्थीहरुलाई गरेको सहयोग र उनको कामको मुल्यांकन गर्दै उनलाई सय भित्र मनोनित गरेको आयोजकले जनाएको छ । केहि बर्ष देखि सिड्नीमा क्लिनिङ ब्यापार संचालन गर्दै आएका रंजितलाई सफल ब्यापारीका रुपमा चिन्ने गरिएको छ ।
रंजित अहिले रमा फ्यासिलिटी म्यानेजमेन्ट प्रालि संचालन गर्दै आएका छन् । भने मधेशीहरुको संगठन एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया ‘एन्टा’का उपाध्यक्ष र ग्लोवल मधेशी एशोसिएसनका सदस्य पनि हुन् ।
रमा फ्यासिलिटीमा पछिल्लो समय करिब २०० जना कामदार रहेका छन् ।