ठगीका आरोप लागेका प्रतापले भने “म सबैको पैसा तिर्छु”

अष्ट्रेलियामा झण्डै २० नेपालीलाई ठगेको आरोप लागेका प्रताप राना आफूबारेको समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका छन् । उनले आफूले ठग्ने मनशाय नभएको भन्दै परिस्थितिवश तलब भुक्तान गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

उनले आफूलाई समाचारप्रति कुनै आपत्ति नरहेको तर कसैको पनि तलब दिन्न नभनेको स्पष्ट पारे । ‘म आफै ऋणमा छु । ५० हजार ऋण छ । आमा रेष्टुरेन्टमै दैनिक ३०० डलर घाटामा छु त्यसैले मैले तिर्न नसकेर नै यो अवस्था आएको हो ।’ उनले भने– ‘म कसैलाई दोष दिन चाहन्नँ । हिजोका एकदमै मिल्ने साथीहरु हुन् । म आफै यो परिस्थितिमा छु ।’

उनीसँग काम गर्ने झण्डै २० जनाले ४० हजार डलर लिन बाँकी रहेको समाचार प्रकाशित भइसकेको छ । यसबारे समाचार प्रकाशित भएपछि आफ्नो घर, परिवार, आफन्तले थाहा पाएर आफूलाई असहज भएको समेत दुःखेसो पोखे । उनले आफूले तिर्न बाँकी रहेकाहरु सबैलाई आफै काम गरेर पनि तिर्ने बताए । प्रतापले भने – ‘म प्रताप रानाभाट होइन, पोखरा फूलबारी नै घर हो तर प्रताप राना हुँ । रति श्रेष्ठ थापालाई २४०० डलर तिर्न बाँकी रहेको देखिएको छ । प्रज्ज्वललाई पनि तिर्छु । त्यहाँ नाम आएका विशाल, शिवहरु पनि मसँग सम्पर्कमै छन् । प्रज्ञा बहिनी पनि सम्पर्कमै छन् । सबैलाई म पैसा तिर्छु । मिडियामा आईहाल्न पर्ने थिएन । म तिरिहाल्छु नि ।’

समाचारबारे केहि भन्नु छैन भन्दै उनले थपे – ‘म तिर्छु, धम्क्याएको छैन । मेरो फेसबुक एक्टिभ छ ।’ त्यसपछि प्रतापलाई अन्तिममा भनियो– ‘हवस् सबैको तिर्नुपर्ने जे जति रकम हो, तिरिदिनुहोस् । पैसा नपाएकाहरुले सबै पैसा पाए भनेर समाचार फेरि आउनेछ ।’

यद्दपी प्रताप नेपाली टिभि अष्ट्रेलियाको सम्पर्कमा भने आएका छैनन् ।http://www.bigkhabar.com/

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।