सिड्नी ।
गत साता साउथ अष्ट्रेलियाको एडिलेडमा डियुटीकै समयमा समुन्द्रमा डुबेर अकालमा ज्यान गुमाउन पुगेका निश्चल घिमिरेको निधनमा अष्ट्रेलियाको एनआरएनले औपचारिक रुपमा शोक बक्तब्य जारी नगर्दा अधिकांस नेपाली रुष्ट भएका छन् ।
एनआरएन अष्ट्रेलियाले शोक बक्तब्य जारी नगर्दा चौतर्फि रुपमा आलोचना सुन्न थालिएको छ । सामाजिक संजाल फेसबुकमा आज (बिहिबार) प्रकाशित एक लेखले नेपाली समुदायकै ध्यानाकर्षण समेत गरेको छ । जस्मा F**K YOU NRNA भनेर कडा शैलीमा प्रहार गरिएको छ । उक्त लेख प्रति समर्थन जनाउनेहरुको संख्या बढ्दो छ ।
फेसबुकमा सार्बजनिक भए पछि केहि समय अघि मात्रै एनआरएन साउथ अष्ट्रेलियाले शोक बक्तब्यकै भाषामा आधिकारिक पेजमा श्रदान्जली लेखेको छ । तर,एनआरएनए अष्ट्रेलिया (मुख्य पेज)मा भने कुनै शोक बक्तब्य अथवा श्रदान्जलीका कुनै शब्द आएका छैनन् ।







