सिड्नी ।
गत साता साउथ अष्ट्रेलियाको एडिलेडमा डियुटीकै समयमा समुन्द्रमा डुबेर अकालमा ज्यान गुमाउन पुगेका निश्चल घिमिरेको निधनमा अष्ट्रेलियाको एनआरएनले औपचारिक रुपमा शोक बक्तब्य जारी नगर्दा अधिकांस नेपाली रुष्ट भएका छन् ।एनआरएन अष्ट्रेलियाले शोक बक्तब्य जारी नगर्दा चौतर्फि रुपमा आलोचना सुन्न थालिएको छ । सामाजिक संजाल फेसबुकमा आज (बिहिबार) प्रकाशित एक लेखले नेपाली समुदायकै ध्यानाकर्षण समेत गरेको छ । जस्मा F**K YOU NRNA भनेर कडा शैलीमा प्रहार गरिएको छ । उक्त लेख प्रति समर्थन जनाउनेहरुको संख्या बढ्दो छ ।
फेसबुकमा सार्बजनिक भए पछि केहि समय अघि मात्रै एनआरएन साउथ अष्ट्रेलियाले शोक बक्तब्यकै भाषामा आधिकारिक पेजमा श्रदान्जली लेखेको छ । तर,एनआरएनए अष्ट्रेलिया (मुख्य पेज)मा भने कुनै शोक बक्तब्य अथवा श्रदान्जलीका कुनै शब्द आएका छैनन् ।