सन्दिप अस्ट्रेलियामा नेपाली हुनुमा गर्वको महसुस गरायौ

विश्वभरका स्टार खेलाडीको सहभागिता रहेको बिग बासमा सन्दिपले तीन खेल खेल्दा तीनै खेलमा मैदानमा उपस्थित मेलबर्न र नेपाली समर्थकलाई निरास पारेनन् ।

सन्दिपको हातमा कप्तानले बल थमाउदा उनी खरो रुपमा उत्रिए । पहिलो खेलमा दुई विकेट लिएका सन्दिपले दोस्रो खेलमा तीन विकेट चट्काए । सिड्नी विरुद्धको खेलमा उनले आफ्नो बलिङमा झन निखार ल्याउदै दुई विकेट हात पारे ।

आफ्नो टिमलाई बलिङबाट निरास नगरेका सन्दिप सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा विश्व स्तरका खेलाडीलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएका छन ।

यतिमात्र होइन सन्दिप मेलबर्न टिमका सबै भन्दा किफायती र सफल बलर बनेका छन उनले तीन खेलमा अहिलेसम्म १२ ओभर गर्दा ७८ रन दिएर विकेट संख्या ७ पुर्याएका छन । उनको एभरेष्ट ११ दशमलव १४ रहेको छ भने इकोनोमी ६ दशलमव ५० रहेको छ ।

सिड्नी मैदानमा सन्दिपको खेल हेर्न सो शहरमा समर्थक पुगेका थिए । नेपालको झण्डासहित सन्दिपको समर्थनमा पुगेका उनीहरुले सन्दिपको नाममा नारा पनि लगाएका थिए । टिमका कप्तान म्याक्सवेलले पनि सन्दिपलाई नेपाली समर्थक भएकै स्थानमा फिल्डिङका लागि खटाएका थिए । जसका कारण नेपाली समर्थकपनि झन उत्साहित भएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।