मेलर्वनमा क्रिकेट महोत्सब

एक कन्सल्टेन्सीको आयोजनामा  आयोजनामा मेलर्वनमा ‘एक्सपर्ट क्रिकेट फेस्टिभल’ सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, युवा व्याट्सम्यान दिपेन्द्रसिँह ऐरी र यु–१९का पूर्व खेलाडी सुवास प्रधानको उपस्थितिमा सोमबार सम्पन्न फेस्टिभलमा नेपाली क्रिकेटको वर्तमान, भविश्य माथि चर्चा गरिएको थियो । मेलर्वनमा रहेका स्थानीय क्रिकेटरहरुसँगको भेटघाट, बालबालिका, महिला र पुरुष खेलाडीहरुलाई तालिम, भेटघाट, अन्तरक्रिया र सहभोज लगायतका कार्यक्रम गरिएको थियो ।

नेपालको राष्टिय क्रिकेट टिमका क्याप्टेन  पारस खड्काले नेपाल र अस्टेलियाको क्रिकेटको प्रवद्र्धनमा गरिएका कार्यक्रमहरुप्रति खुशी हुँदै आफू पनि नेपाली क्रिकेटको अन्तराष्ट्रिय रुपमा प्रवद्र्धन गर्न सक्दो प्रयास गर्ने बताए ।  क्रिकेट फेस्टिभल सिड्नीमा जनवरी ५ र ६ मा, ब्रिसबेनमा जनवरी १० मा र एडिलेडमा जनवरी १२ मा हुनेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।