अनौठो आवाजका कारण सिडनीको ३६ तले भवन रद्द

सिडनी । अष्ट्रेलियाको सिडनीमा रहेको ३६ तले अपार्टमेन्ट बिल्डिङ्गमा केही कुरा चर्केको जस्तो अनौठो आवाज सोमबार आएपछि करिब ३ हजार मानिसलाई भवन बाहिर निकालिएको छ ।

सिडनी ओलम्पिक पार्कमा रहेको द ओपल टावर कम्प्लेक्स खाली गराइएको हो । सो भवनको १०औं तलामा त्यस्तो आवाज आएपछि भवन लड्ने खतरा रहे नरहेको बारेमा नाप जाँच भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

(एजेन्सी)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।