२०२१ मा अन्तर्राष्ट्रिय बिध्यार्थीले अष्ट्रेलिया प्रबेश पाउने

७ अक्टुबर,सिड्नी ।
अष्ट्रेलिया सरकारले मंगलबार २०२०-२०२१ को बजेट सार्वजनिक गरेको छ । बजेट संगै सरकारले कोरोनाभाइरसको संक्रमणकै कारण २०२१ को मध्यतिर सम्म अन्तर्राष्ट्रिय बिध्यार्थीको प्रबेशमा रोक लगाउने बुझिएको छ । कोरोनाभाईरसको संक्रमण पुर्ण रुपमा नरोकिएको कारण सरकारले सो कदम चालेको बताइएको छ । २०२१ को मध्यतिरपछि पनि कोरोनाभाईरसको सतप्रतिशत काम गर्ने भ्याक्सिन आएपछि मात्र बिध्यार्थीलाई प्रबेश दिइने सरकारको तयारी छ । यस्तै सरकारले देशमा २०२१को अन्त्यसम्ममा अहिलेको १ लाख ५४ हजार रहेको आप्रवासीको संख्या ७२ हजारमा सीमित हुने बताएको छ । त्यसपछि २०२१ को अन्तिमतिरबाट भने आप्रवासीको आगमन बढ्नेछ । २०२४ सम्ममा २ लाख १ हजार जना आप्रवासीहरु भित्रिने सरकारले प्ररारम्भिक आँकडा छ । (Photo Credit : The New Daily)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।