अष्ट्रेलियाको डार्बिनमा ३ सय ५० केजीको विशाल गोही

८ सेप्टेम्बर,सिड्नी ।
अष्ट्रेलियाको पर्यटकीय गन्तब्य मानिने डार्बिनको उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले ३ सय ५० किलोग्रामको एक विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो रहेको बताएका छन् । क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्ट वन्यजन्तु अधिकृत जोन बर्कले फ्लोरा नदीमा विशाल भाले गोही फेला परेको जानकारी दिएको एजेन्सीले जनाएका हुन् । यो गोही डार्बिन क्षेत्रमा भेटिएको हालसम्मकै सबैभन्दा ठूलो भएको समेत एजेन्सीले उल्लेख गरेका छन् । तीन वर्षअघि पनि यसै क्षेत्रमा १५.५ फिटको ठूलो गोही फेला परेको थियो । अष्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरे यता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको बताइएको छ ।

पछिल्लो पटक समातिएको उक्त विशाल गोहीलाई प्रजनन केन्द्रमा लगिएको छ । अष्ट्रेलियामा फार्मका रुपमा गोहीपालन गरेर त्यसलाई मासु र छालाका लागि बिक्री गर्न पाउने कानुनी व्यवस्था रहेको एजेन्सीले लेखेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।