३० साउन,एजेन्सी ।
अष्ट्रेलियाको निकटतम देश न्युजिल्याण्ड कोरोनामुक्त देश घोषणा गरिएको १०२ दिनपछि पुनःकोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । न्युजिल्याण्डमा कोरोना भाइरस पुष्टी भएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएको छ । अकल्याण्डमा बुधबार चार जना नयाँ सङ्क्रमित देखिएको हो । ती चार जनामध्येका एक जना ५० वर्षीय व्यक्ति हुन् भने उनी आफ्नै गृहमा बसेको स्रोतले
जनाएको छ । चिकित्सकहरुले घरमै रहेका व्यक्तिमा कोरोना देखिएकोले यहाँ पनि समुदाय स्तरमा सङ्क्रमण बढेको पाइएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएको छ ।उनीहरुले यस्तो अवस्थामा लकडाउन गर्नुपर्ने सुझाव दिएकोले यहाँको सरकारले यहाँका कतिपय सेवाहरुमा प्रतिबन्ध लगाइसकेको छ । न्युजिल्याण्डलाई करीब एक महिना अघि कोरोनामुक्त देश घोषणा त्यहाँका प्रधानमन्त्री जासिन्दा आर्डरनगर्नुभएको थियो ।यहाँ आगामी सेप्टेम्बरमा हुन गइरहेको संसदको निर्वाचन पनि अनिश्चित बनेको समाचार स्रोतले जनाएको छ ।






