१२ अगष्ट,सिड्नी ।
अष्ट्रेलियामा कोरोनाभाईरसबाट संक्रमितको संख्या तिब्र रुपमा बढ्दो छ । कोरोनाभाईरसको पहिलो वेभमा देशभर करिब ८ हजार संक्रमित संख्या रहेकोमा दोस्रो वेभमा भने २१ हजार नाघेको छ ।
यो समचार तयार पार्दा सम्म अष्ट्रेलियाभर कोरोना संक्रमित संख्या २१ हजार ७ सय १३ पुगेको छ । जसमध्ये १२ हजार ३ सय ८७ जना निको भैईसकेका छन् ।
पहिलो वेभमा अष्ट्रेलियाको सर्बाधिक ठुलो राज्य तथा जनसंख्या रहेको न्यु साउथ वेल्समा करिब ३ हजार संक्रमित थिए । अहिले दोस्रो वेभमा भिक्टोरिया राज्यमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर हुदा १५ हजार नाघेको छ ।पहिलो वेभमा मृतक संख्या ९७ जना रहेका थिए । अहिले भिक्टोरियाको कारण कुल मृतक संख्या ३ सय ३१ पुगेको छ ।
पछिल्लो समय भिक्टोरियामा दैनिकरुपमा ३ सय देखि ५ सय सम्म कोरोनाको नयाँ संक्रमित फेला परेका छन् । अहिले देशभर ८ हजार १ सय ९३ सकृय केस रहेको पनि अष्ट्रेलिया हेल्थले जनाएको छ ।भिक्टोरियामा कोरोनाभाईसको संक्रमण आगो झै फैलिएपछि ग्रेटर मेल्बर्नमा राती ८ बजेबाट बिहान ५ बजे सम्म कर्फ्यु र राज्यभर चौथो तहको लकडाउन जारी छ । यस्तै भिक्टोरिया बाट अन्य राज्य प्रबेशमा कडाई गरिएको छ ।Photo : hindustantimes







