एडिलेडमा मृत भेटिएका नेपाली युबाको शब पठाउन फण्डराईज

११ अगष्ट,सिड्नी
बिहिबार एडिलेडमा आफ्नै घरको ग्यारजमा मृत अबस्थामा फेला परेका २७ बर्षीय एक नेपाली युबाको शव नेपाल पठाउनका लागि सामाजिक संजाल फेसबुकमा गरिएको फण्ड राईज मार्फत् करिब १५ हजार अष्ट्रेलियन डलर संकलन भएको छ । फेसबुकमा अमित बज्राचार्यले संकलन गरेको फण्ड राईजको उद्देश्य रकम २४ घण्टा नबित्दै उठेको छ । ती युबाको मृत्यु बारे थप बिबरण सार्बजनिक नभए पनि घटनामा केहि शंका नहरेको साउथ अष्ट्रेलियाको स्थानीय प्रहरीलाई उद्दत गर्ने खबर सार्बजनिक भएका छन् । घटना पछि मृतकका परिवारले शब नेपाल पठाउन गरिएको आग्रह अनुरुपनै नेपाल पठाउन स्थानीय नेपाली संघ-संस्थाले सहयोग गरिरहेको बुझ्नमा आएको छ । मृतक सन् २०१८ मा देखि एडिलेड बस्दै आएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।