मेल्वर्नमा १ सय ६० नेपालीमा कोरोना पुष्टी

८ अगष्ट,सिड्नी ।
अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाभाईसको दोस्रो महामारी आक्रमक शैलीमा फैलिरहेका बेला नेपाली समुदायमा समेत प्रतिकुल प्रभाब पारेको छ । पछिल्लो समयमा मेल्वर्नका करिब १ सय ६० जना नेपालीमा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको बताइएको छ । भिक्टोरिया राज्यमा करिब पन्ध्र हजार नेपाली बसोबास गर्दै आएका छन् । जसमा ६ हजार भन्दा बढी नेपाली विध्यार्थी रहेको अनुमान गरिन्छ । राज्यमा संक्रमित संख्या दिनहुँ पाँच सय भन्दा बढी हुन थालेपछि गत साता देखी स्थानीय सरकारले आपतकाल घोषणासँगै कर्फ्यू आदेश जारी गरेको छ । यसअघि कोरोनाको पहिले वेभमा अष्ट्रेलियाभर १० जना नेपालीमा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको थियो । भने पहिलो वेभमा अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सबैभन्दा बढी संक्रमित र मृतक संख्या रहे पनि अहिले भिक्टोरिया पहिलो स्थानमा छ ।

अष्ट्रेलियाभर कोरोना संक्रमित कुल संख्या २० हजार नाघेको छ । जसमध्ये करिब १५ हजार भिक्टोरिया राज्यमा रहेका छन् । भने,न्यु साउथ वेल्समा ३ हजार बढी संक्रमित रहेका छन् । यस्तै देशभर अहिले सम्म २ सय ६६ जनाको मृत्यु भएको छ । यसमध्ये भिक्टोरियामा १ सय ८१ जना,न्यु साउथ वेल्समा ५०,वेस्ट्रन अष्ट्रेलियामा ९ जना,तास्मानियामा १३ जना,साउथ अष्ट्रेलियामा ४ जना,क्विस ल्याण्डमा ६ जना र एसिटिमा ३ जना रहेका छन् । नर्थन टेरिटोरिमा भने मृतकरहित छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।