भिक्टोरियामा २४ घण्टामा ४२९ जनामा कोरोना पुष्टी,११ जनाको मृत्यु

४ अगष्ट,सिड्नी ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बितेको २४ घण्टामा यो समचार तयार पार्दा सम्म थप ४ सय २९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । यसैगरी ११ जनाको मृत्यु भएको छ । यो संगै भिक्टोरियामा कोरोनाले मृत्यु हुनेको कुल संख्या १३६ पुगेको छ । अष्ट्रेलियामा अहिले सम्म कोरोना संक्रमित कुल संख्या १८ हजार ३ सय १८ पुगेको छ ।जसमा भिक्टोरियामा मात्रै ११ हजार ९ सय ३७ संक्रमित पुगेका छन् । ग्रेटर मेल्बर्नमा चौथो तहको लकडाउन र राती ५ बजे देखी बिहान ५ बजे सम्म कर्फ्यु लागु गरिएको छ । भिक्टोरियामा पछिल्लो समय सम्म ६ हजार ४ सय ८९ संक्रमित केस सकृय छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।