५ जुलाई सिड्नी।
सिड्नीमा कोरोनाभाईरसको संक्रमित संख्या बढ्न थालेका छन् । केहि दिन देखि मेल्बर्न अर्थात् भिक्टोरिया राज्यमा कोरोनाभाईसको संक्रमण ब्यापक रुपमा फैलिएपछि मेल्बर्न बाट अन्य राज्यमा आउ-जाउमा समेत कडाई गरिएको छ ।न्यु साउथ वेल्स राज्यमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना पुष्टी भएको एनएसडब्लु हेल्थले जनाएको छ ।
यो राज्यमा अहिले सम्म ३ हजार २ सय ३० कोरोना संक्रमित पुष्टी भएका छन् । यस्तै एनएसडब्लु राज्यमा मात्रै ५१ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३ सय ६२ संक्रमित पुष्टी भएको छ । यस्तै ७ हजार ३ सय ५५ जना निको भएका छन् भने १ सय ४ जनाको मृत्यु भैईसकेको छ ।






