२७ जुन,सिड्नी ।
लकडाउनका कारण समस्यामा परेका नेपालीहरु मध्ये शनिबार मेल्वर्नबाट २ सय ५९ जना बिध्यार्थी,अभिभाबकहरु लगायत अन्य भिषा बाहक नेपाल फर्किएका छन् । बिमानस्थलमा राजदुत महेश दाहाल सहित दुताबासका कर्मचारीहरु सहभागी थिए । नेपाल सरकारले बिदेशमा समस्यामा फसेका नेपालीहरुलाई उद्दार गर्ने क्रममा अष्ट्रेलियाबाट दोस्रो चार्टड उडान मेल्बर्न बाट भएको हो ।
कोरोनाभाइरसकै कारण लकडाउन पछि अष्ट्रेलियामा बिभिन्न भिषामा रहेका नेपालीहरु समस्यामा फसेका छन् ।क्यानबेरा स्थित नेपाली राजदुताबासले जारी गरेको बिबरण संकलन फारम अनुसार नेपाल फर्कन एक हजार ५ सय जति नेपालीले फाराम भरे पनि यो समचार तयार पार्दा सम्म आजको चार्टड उडान नै अन्तिम हो । मंगलबार मात्रै सिड्नी बाट २५८ जना नेपाल फर्किएका थिए । Photo:SK with Lens






