सिड्नी बाट २ घण्टा ४० मिनेट ढिला उड्यो नेपाल एयरलाईन्स

२३ जुन,सिड्नी ।
नेपाली राजदुताबास क्यानबेराको पहलमा मंगलबार पहिलो पटक अष्ट्रेलियाको सिड्नीबाट नेपालीको उद्दार भएको छ । पहिलो उद्दार उडानमा २५८ नेपाली काठमाण्डौ फर्किएका छन् ।
दुताबासले दिउसो १ बजे उडान समय रहेको जानकारी गराएको थियो । सिड्नीको किङस्मिथ अन्तर्राष्ट्रिय बिमानस्थलमा बिहान १० बजे देखि नै यात्रुहरु उपस्थित थिए । तर,उडान २ घण्टा ४० मिनेट ढिला गरी ३ बजेर ४० मिनेटमा भएको छ ।राष्ट्रिय ध्वजाबाहक बिमान मंगलबार बिहान सिड्नी अबतरण गरेको थियो । उद्दारमा सहयोग गर्न राजदुत महेश दाहाल सहित दुताबासका कर्मचारी बिमानस्थलमा उपस्थित थिए । नेपाल जान पाउदा खुसी लागेको यात्रुहरुले प्रतिकृया दिएका थिए । तर,उडान ढिला भएको सन्दर्भमा दुताबासले प्रतिकृया दिएको छैन । दोस्रो उद्दार उडान यही शनिबार मेल्वर्न बाट हुने दुताबासले जनाएको छ ।Photo : Sk with lens

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।