१५ जुन,सिड्नी ।
तीन पटक सम्म नेपाल बाट अष्ट्रेलियाली,पिआरवाला र न्युजिल्याण्डरलाई उद्दार गरी आएको बिमान अष्ट्रेलियाबाट खाली फर्केको थियो । तेस्रो पटक भने नेपाली दुताबासले सुटुक्क ११ जनालाई भने नेपाल पठाएको थियो ।नेपाल सरकारले बिदेशमा समस्यामा रहेका नेपालीहरुलाई उद्दार गर्ने अभियान स्वरुप यहि जुन १७ र २२ मा अष्ट्रेलियाको दुई शहर सिड्नी र मेल्वर्न बाट उडान हुने नेपाल
बायुसेवा निगमले जनाएको छ ।यस्तै सरकारले गर्न लागेको उद्दारको टिकट मंहगो भएको भन्दै चौतर्फी दबाब र आलोचना पछि नेपाल बायुसेबा निगमले अधिकांस देशको भाडादरमा परिमार्जन गरिए पनि अष्ट्रेलियाको भाडादर १ हजार ६ सय १५ अमेरिकी डलरनै कायम छ ।अष्ट्रेलियाबाट नेपाल फर्कन चाहने यात्रुहरुले टिकट काट्न बायु सेवा निगमले सम्पर्क व्यक्ति तोकेको छ ।
सिड्नीबाट नेपाल जानेहरुले मिमम्सा कार्कीलाई ९८४९१५७४५४ मा सम्पर्क गरी टिकट काट्न सकिन्छ । यस्तै मेल्वर्नबाट फर्कन चाहने नेपालीहरुले सरोज नेपाललाई ९८४१९६२०६४ मा सम्पर्क गरी टिकट काट्न सकिने नेपाल बायुसेवा निगमले बिज्ञप्तीमा जनाएको छ । यसरी टिकट काट्नका लागि क्याबेरा स्थित नेपाली राजदुताबासको सिफारिस पत्र समेत अनिबार्य छ ।






