२५ मे,सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा आज देखी नियमित रुपमा बिध्यालय खुलेका छन् । केहि साता देखि लकडाउन खुकुलो भए पनि गत दुइ साता एनएसडब्लु राज्यमा कक्षा अनुसार सातामा एक दिन बिध्यालय खुलाईएको थियो ।अष्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा आएसंगै लकडाउन चरणगत रुपमा खुकुलो बन्दै छन् । कोरोनाभाइरसले सर्बाधिक असर गरेको एनएसडब्लुमा कोरोना नियन्त्रणमा आएपछि अष्ट्रेलिया सामन्य अबस्थामा फर्कदैछ ।






