एनएसडब्लुमा बिदेशी बिध्यार्थीका लागि २० मिलियन डलरको राहत घोषणा

१६ मे,सिड्नी ।
कोरोनाभाइरसका बिच अष्ट्रेलियाले आम सर्बसाधारण र ब्यापारिक प्रतिष्ठानलाई पटक पटक गरी राहत प्याकेजको घोषणा तथा कार्यान्वन गरेको थियो । बिभिन्न राज्यले बिदेसी बिध्यार्थीका लागि पनि राहत घोषणा गरेका थिए । न्यु साउथ वेल्स राज्यमा राहत घोषणा नहुदा सम्म सरकारको बिरोध समेत भएको थियो ।यसै बिच न्यु साउथ वेल्स राज्य सरकारले पनि बिदेशी बिध्यार्थीका लागिराहत घोषणा गरेको छ । यो राज्य कोरोनाको सबैभन्दा प्रभाबिक राज्य पनि हो र सबैभन्दा बढी बिदेशी बिध्यार्थीको बसोबास रहेको राज्य पनि हो ।सरकाले अहिले बिदेसी बिध्यार्थीका हकमा कोरोनाका कारण काम गुमाउन परेका र आर्थिक अभाबले बस्नका लागि २० मिलियनको राहत प्याकेज घोषणा गरेको छ ।सरकारले स्विकृतप्राप्त होमस्टे र विद्यार्थी होस्टेलमा समस्यामा परेका विद्यार्थीलाई राख्ने ब्यबस्था गरिएको बताइएको छ । त्यस्तै विदेशी विद्यार्थीका लागि निशुल्क कानुनी सेवा समेत उपलब्ध बताइएको छ ।अष्ट्रेलियाभर करिब ५ लाख बिदेसी बिध्यार्थी रहेका छन् । क्याफे,रेष्टुरेन्ट,पब लगायतका ब्यबसाय बन्द हुदा धेरैजसो बिदेशी बिध्यार्थीले जागिर गुमाउन पुगेका छन् । सरकारको जब किपरको राहतमा बिदेशी बिध्यार्थी नपर्नाले बिदेशी बिध्यार्थी सर्वाधिक समस्या परेका छन् । एनएसडब्लुमा शुक्रबार देखि नै केहि बन्दाबन्दीका सर्त सहित क्याफे रेष्टुरेण्टहरु खुलिसकेका छन् । यसले केहि राहत दिलाउने बिध्यार्थीहरुले बिश्वास लिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।