९ मे,सिड्नी ।
सिड्नीको हर्षभिलमा यौन दुर्व्यवहारको आरोपमा एक नेपाली युबा पक्राउ परेका छन् । नक्कली फेसबुक आईडी मार्फत् काम लगादिने बाहनामा एक युबतीमाथि यौन दुर्व्यवहार गरेकोमा पक्राउ परेका हुन् ।पिडित युबतीको रिपोर्टिङका आधारमा प्रहरीले करिब १ महिने लामो अनुसन्धानपछि उनलाई हर्षभिल
घरबाटै २४ अप्रिलमा पक्राउ गरेको हो ।गत मार्च ८ मा फेसबुक मार्फत काम लगाइदिने बहानामा एक युबतीलाई अलावा स्टेनसन बोलाई गाडीमा बस्न लगाएको र गाडीमा बसेलगत्तै अनैतिक क्रियाकलाप गर्न लागेको भन्दै गाडीबाट भागेर प्रहरीलाई युबतीले रिपोर्टिङ गरेको बुझ्नमा आएको छ ।






