सिड्नीको रकडेल स्थित नेपालीको पसल संगैको कारपार्कमा आगलागी

५ मे,सिड्नी ।
नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको रकडेल स्थित नेपाली एक बुचर सप रहेको सुपरमार्केटको कारपार्कमा मंगलबार बिहान करिब १०:३० बजेको समयमा आगलागी भएको छ ।कारपार्कमा लागेको आगो एनएसडब्लु फाएर रेस्कु टोलीले करिब ३० मिनेटको अबधिमा आगो नियन्त्रणमा लिएका छन् । अहिले कार्पार्क भित्र गुम्सेको हावा धुवाँ निकाल्ने काम भईरहेको छ । आगलागीको कारण भने पत्ता लागेको छैन । कारमा आगो लागेको भन्ने बुझिए पनि क्षतीको बिबरण भने आईसकेको छैन । यद्दपी प्रहरीले कारणको अनुसन्धान र क्षतिको बिबरण तयार गर्दैछ ।दश वटा फायर रेस्कुको दमकल र दर्जनौ फायर रेस्कु टोली घटनास्थलमा छन् । सो बिल्डिङ पुरै नियन्त्रणमा लिएर रेस्कु टोलीले काम गरिरहेको छ । उक्त बिल्डिङमा नेपालीको एक बुचर सप,एक कपडाको सप र तीन वटा कार्यालय रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।