२९ अप्रिल,सिड्नी ।
कोरोनाभाइरस (कोभिड-१९)को प्रभाव अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु राज्य) अन्य राज्य र टेरिटोरी मध्ये सर्बाधिक प्रभावित बन्यो । यो समचार तयार पार्दा सम्म एनएसडब्लु राज्यमा २ लाख ९ हजार ६ सय ४३ को कोरोना परिक्षणमा ३ हजार १६ जना कोरोना संक्रमित पुष्टी भएका छन् । जसमध्ये ४१ जनाले ज्यान गुमाए ।कोरोनाकै कारण मुलुकभर आंशिक रुपमा लकडान अझै
पनि जारी छ । यद्दपी पछिल्ला दुई साता देखी अष्ट्रेलियामा कोरोना संक्रमित संख्यामा नाटकिय स्वरुपमा कमी आए संगै आंशिक लकडाउन पनि खुकुलो हुन थालेको छ ।आंशिक लकडाउनका कारण मानिसहरुको बढी जमघट हुने स्थानहरु सामुन्द्रीक (बीच),कल्ब,जिम,पार्क लगायतका स्थानहरु बन्द गरिएका थिए । करिब १ महिना देखि बन्द रहेको सिड्नीको परिचित बीच बोण्डाई र तामारमा बीच मंगलबार देखि खुलेको छ ।
तर,साबिकमा झै नभई केहि नयाँ बन्देजका सर्त सहित खुलेको हो । अहिले यि बीचहरु बिहान ७ बजे देखि साँझ ५ बजे सम्मको लागि मात्र खुलेका छन् । जहाँ सुचना टाँसिएको छ र राज्यले जारी गरेको नियम पालना गर्नुपर्नेछ ।
लामो समय पछि बोण्डाई बीच खुलेपछि आम नागरीकहरुले खुसी ब्यक्त गरेका छन् । आंशिक लकडाउनकै कारण अझै अंधिकास पार्क र मानिहरुको धेरै भेला हुने स्थानहरु बन्दाबन्दीमा नै छन् । देशभर आंशिक लकडाउनका बिच एनएसडब्लु राज्यमा सार्बजनिक यातायात,अत्याबश्यक सेवा प्रदायकहरु र बिध्यालय भने बन्द छैनन् ।







