२९ अप्रिल,सिड्नी ।
१ अप्रिलमा पहिलो पटक नेपाल एयरलायन्सले काठमाण्डौ देखी अष्ट्रेलियाको ब्रिसबेनमा उडान भरेको थियो । कोरोनाभाइरसका कारण नेपालको लकडाउनमा फसेका करिब २५० अष्ट्रेलियाली नागरिक र पिआर होल्डरहरुलाई अष्ट्रेलिया ल्याइएको हो ।नेपाल स्थित अष्ट्रेलियन राजदुताबासको सहयोगमा नेपालमा रहेका अष्ट्रेलियाली र पिआरहोल्डरहरुलाई दोस्रो पटक केहि दिन अघि
क्यानडा संगको संयुक्त चार्टड बिमानमा अष्ट्रेलिया ल्याएको थियो । अहिले फेरी दुताबासले करिब २ सय अष्ट्रेलियाली नागरिकलाई चार्टड बिमान बाट अष्ट्रेलिया पठाउने भएको छ । यो बिमान मे ६ तारिखका दिन काठमाण्डौ बाट सिड्नीका लागि उड्नेछ ।नेपालमा रहेका अष्ट्रेयाली नागरिक र पिआरहोल्डर जो अष्ट्रेलिया फर्कन चाहन्छन् उनीहरु आफैले नेपाल एयरलाइन्स संग टिकट लिन सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ ।
यसअघि निजि ट्राभल एजेन्ट बाट टिकट काट्ने ब्यबस्था गरिएको थियो । जुन बिबादित बनेपछि अष्ट्रेलियन दुताबासले यस पटक भने सिधै नेपाल एयरलाइन्स बाट टिकट काट्ने ब्यबस्था गरेको हो ।सिड्नी आएको बिमानमा यस पटक नेपाल जान चाहनेलाई फर्काइने खबर सार्बजनिक भए पनि आधिकारीक सुचना आइसकेको छैन ।







