कोरोना बाट बँच्न अष्ट्रेलियाले ल्यायो कोभिडसेफ एप

२७ अप्रिल,सिड्नी ।
विश्वभर महामारीका रुपमा फैलिएको प्राणघातक कोरोनाभाइरस (कोभिड-१९) बाट बँच्नका लागि विश्वले बिभिन्न एप्लिकेशनहरु प्रयोगमा ल्याईरहेका छन् । यसैबिच अष्ट्रेलियाले कोरोनाभाइरस बाट बँच्नका लागि एक बिशेष प्रकारको एप्लिकेशन ल्याएको छ ।ब्लुटुथ प्रबिधिको यस एपले पिंग वा अर्को प्रयोगकर्तासँग डिजिटल ह्यान्डशेक आदानप्रदान गर्दछ जब तिनीहरू १.५ मिटर भित्र आउँछन् र त्यसपछि सो भेटलाई एपले लग गर्दछ र यसलाई ईन्क्रिप्ट (गुप्तीकरण) गर्नेछ । उक्त डाटा २१ दिनसम्म प्रयोगकर्ताको फोनमा ईन्क्रिप्टेड रहन्छ र संक्रमित ब्यक्ती संग सम्पर्कमा आयको नभेटीएको खण्डमा डाटा आफैँ हराउनेछ ।आईतबार साँझ सार्बजनिक गरिएको एप २४ घण्टा नपुग्दै १ मिलियन भन्दा बढी डाउनलोड भैइसकको अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले सोमबार बिहान आधिकारिक जानकारी गराएका छन् । एप सार्बजनिक भएको छोटो समयमा मिलिन डाउनलोड भएपछि स्वास्थ्यमन्त्रीले केहि दिन उल्लेख्य रुपमा एप डाउनलोड हुने आसा गरेको बताइएको छ ।

कोभिडसेफको प्रयोगले कोरोनाभाइरसलाई सम्पर्क गरीरहेको मानिसहरुलाई सम्पर्क गर्न सहयोग गर्नेछ । अष्ट्रेलियन सरकारले भनेको छ ‘यसले हामीलाई तपाईंको, तपाईंको साथीहरू र परिवारलाई समर्थन र सुरक्षा गर्न मद्दत गर्दछ । यस्तै COVIDSafe अनुप्रयोग COVID-19 को प्रसार लाई ढिलो गर्न हाम्रो कामको एक हिस्सा हो। हामी छिटो पत्ता लगाउन सक्छौं र यसको प्रकोप छिट्टै पाउन सक्ने विश्वासको अर्थ सरकारहरूले प्रतिबन्धहरू कम गर्न सक्नेछ अस्ट्रेलियालीहरूलाई अझै सुरक्षित राख्न’।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।