अष्ट्रेलियामा टर्दै कोरोनाको संक्रमण,२४ घण्टामा ७ नयाँ केस

२४ अप्रिल,सिड्नी ।
कोरोनाभाइरसको संक्रमण अष्ट्रेलियामा जनसंख्याका हिसाबले धेरैनै देखिए पनि मृतकका हिसाबले अष्ट्रेलियाले ठुलै क्षती नियन्त्रण गर्न सफल भएको छ । ६ हजार ६ सय ६७ संक्रमित पुष्टी भएको देशमा ७५ जनाले ज्यान गुमाए,जसमा ३४ जना एनएसडब्लु राज्यका हुन् । जुन अनुपातलाई सामान्य रुपमा लिन सकिन्छ । अष्ट्रेलियाले अहिले सम्म ४ लाख ६६ हजार ६ सय ५९ को परिक्षण गरेको छ भने सर्बाधिक धेरै एनएसडब्लु राज्यमा मात्रै १ लाख ८५ हजार ४ सय ३४ जनाको परिक्षण गरेको हो । त्यसमध्ये एनएसडब्लु राज्यमा २ हजार ९ सय ८२ संक्रमित पुष्टी भएका हुन् ।

पछिल्लो २४ घण्टामा एनएसडब्लुमा जम्मा ७ नयाँ संक्रमित पुष्टी भए संगै अष्ट्रेलियामा कोरोनाको संक्रमण टर्दै गएको देखिएको छ । कोरोनाको संक्रमणमा कमी आए संगै सरकार लकडाउन खुकुलो बनाउने अभ्यासमा लागेको छ ।

सरकारले अबको ४ साता भित्र सामान्य अबस्थामा फर्काउनका लागि केही क्षेत्रबाहेक सबै खुलाउने तयारी गरेको छ । भने जुलाई तेस्रो साता सम्म सबै क्षेत्रलाई सामान्य बनाउने बताएको छ । स्कुल भने यही मे ११ तारिख देखि नै खुल्ने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।