सिड्नीमा नेपाली युबाको मृत्यु

२३ अप्रिल,सिड्नी ।
बिहानी हिडाईका क्रममा सिड्नीको एडमण्डसन पार्क स्थित बाटोमा एक ३० बर्षीय नेपाली युबाको कारको ठक्करले ज्यान गएको छ । उनी बुधबार बिहान ५ बजे ससुरा संग हिडेका थिए । दुई जना संगै हिड्दै गर्दा पनि ससुरालाई भने चोट लागेको छैन ।एउटै दिशा बाट आएको कारले पछाडी बाट ठक्कर दिएको बुझ्नमा आएको छ । उनको घटना स्थलमानै मृत्यु भएको एनएसडब्लु प्रहरीले जनाएको छ । मृतक म्याग्दी अन्नपुर्ण रहेको बुझिएको छ ।ठक्कर दिने कारका चालक नेपाली रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बुझिएको छ ।
File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।