अष्ट्रेलियाका ३ स्थानमा कोरोना सुन्यमा झर्यो

२० अप्रिल,सिड्नी ।
कोरोनाभाइरस (कोभिड-१९) को महामारी अष्ट्रेलियामा मथ्थर भएको छ । ईष्टर अगाडी दिनप्रतिदिन फैलिरहेको कोरोनाभाइरसका संक्रमित इष्टर संगै कमी भएको छ ।अष्ट्रेलियन हेल्थका अनुसार २० अप्रिल बिहान ६ बजे सम्म ६ हजार ६ सय १२ संक्रमित पुष्टी भएका छन् । देशभर १९ अप्रिल बिहान ६ बजे सम्मको तथ्यांक अनुसार नयाँ संक्रमित संख्या २६ पुष्टी भएका हुन् । अहिले सम्म ७० जनाको मृत्यु भएको छ भने ४ हजार २ सय ३० जना निको भएर घर फर्किसकेका छन् । अष्ट्रेलियामा ४ लाख २४ हजारमा कोरोना परिक्षण गरिएको छ ।यो सप्ताहन्तमा साउथ अस्ट्रेलिया,नर्थन टेरिटोरी र अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा कोरोना संक्रमित सुन्यमा झरेको छ । पश्चिमी अष्ट्रेलियामा आइतवार एउटा मात्र नयाँ केस छ ।

दक्षिण अष्ट्रेलिया, उत्तरी क्षेत्र र अष्ट्रेलियाको राजधानी क्षेत्र सबैले सप्ताहन्तमा कोरोनाभाइरसको कुनै नयाँ घटना रिपोर्ट गरेको छैन। क्वीन्सल्यान्डले सोमबार दुई महिना भन्दा बढीमा पहिलो पटक COVID-19 को कुनै नयाँ निदान रिपोर्ट गरेको छैन ।

करिब १६ लाख जनसंख्या भएको दक्षिण अष्ट्रेलियामा गत दुई दिनमा राज्यभर ५ सय भन्दा बढी कोरोनाभाइरस परीक्षणको बावजुद आइतबार साँझ सम्म केवल ८१ वटा पुष्टि भएको छ ।
अहिले सम्म एसिटिमा १सय ३,न्यु साउथ वेल्समा २ हजार ९ सय ६३,नर्थन टेरिटोरिमा २७,क्विसल्याण्डमा १ हजार १९,साउथ अष्ट्रेलियामा ४ सय ३५,तास्मानियामा १ सय ९२,भिक्टोरियामा १ हजार ३ सय २८ र वेस्ट्रन अष्ट्रेलियामा ५ सय ४५ जना संक्रमित संख्या तथ्यांकमा उल्लेख छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।