१८ अप्रिल,सिड्नी ।
अष्ट्रेलियामा कोरोनाभाइरस (कोभिड-१९) बाट ६ हजार ५ सय ३३ जना संक्रमति पुष्टी भएका छन् । जसमध्ये एनएसडब्लु राज्यमा सर्बाधिक संक्रमित २ हजार ९ सय ३६ छन् । अष्ट्रेलियामा ९ जना नेपाली कोरोना संक्रमति रहेकोमा एनएसडब्लुमा ५ जना,भिक्टोरियामा ३ र तास्मानियामा १ जना हुन् । यि सबै अहिले कोरोनामुक्त भएर केहि काममा समेत फर्किसकेका छन् ।
अष्ट्रेलियाका कोरोना संक्रमित नेपालीहरु भने बाहिर खुल्न चाहेनन् । भिक्टोरियाका एक महिला बाहेक अन्य ८ जना खुल्न चाहेनन् । केहि संग सम्पर्क भए पनि पर्सनल प्राईबेसी भन्दै आफ्ना अनुभब समेत साट्न चाहेनन् । उनीहरुलाई कोरोना भएको अरुले थाहा पाए फरक ब्यबहार गर्न सक्ने,घरपरिवार चिन्तित हुने किसिमका तर्क भने बुझिएको छ ।अष्ट्रेलियाभर यो समचार तयार पार्दा सम्म ६ हजार ५ सय ३३ मध्ये ३६ जना नयाँ संक्रमित पुष्टी भएका हुन् । भने,६७ जनाको मृत्यु भएको छ । अष्ट्रेलियाभर ३ हजार ८ सय १९ निको भएका छन् ।






