२ सय ७३ अष्ट्रेलियन नागरीक आज नेपाल बाट उड्दै

१ अप्रिल,सिड्नी ।
केहि नेपाली मुलका सहितका २ सय ७३ जना अष्ट्रेलियन र पिआर होल्डर आज साँझ नेपाल एयरलाईन्सको वाईडबडी बाट ब्रिसबेन उड्ने भएका छन् । मंगलबार बिहान सम्म २ सय २० यात्रुलाई न्यारोबडीमा उडाउने तयारी भए पनि यात्रु संख्या थपिएपछि वाईडबडीमा उडाउन लागिएको हो । बिमानलाई बिजय लामाले उडाउन लागेका हुन् । क्यापटेन लामा यस अघि चीनमा नेपाली बिध्यार्थी लिन नजादा आलिचित बनेका थिए । बिमान काठमाण्डौ बाट मलेसियाको कोलालाम्पुर गएर रिफ्युल गरेर ब्रिसबेन उड्नेछ । बिमान बिहिबार बिहान ११ बजेको समयमा ब्रिसबेन आईपुग्नेछ । स्रोतका अनुसार बिमान ब्रिसबेनमा सर-सफाईका लागि अधिकतम ३ घण्टा मात्र बस्न पाउनेछ । त्यस लगत्तै बिमान रित्तै नेपाल फर्कनेछ । यस अघि सो बिमानमा नेपालीलाई लैजान नेपाली दुताबासले पर्यटनमन्त्री योगेश भट्टराईलाई आग्रह गरेको स्रोत बताउछ । तर,भट्टराईले सो कुरा मन्त्रीपरिषदको बैठकमा पेश गरेनन् । अन्तत:अष्ट्रेलियन दुतावासले चार्टड गरेको बिमान रित्तै फर्किन लागेको हो ।

नेपाली राजदुतले नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बुड संग सिधा कुरा गरेको भए सो बिमानमा नेपाली आउन सक्ने सम्भावना थियो तर राजदुत दाहालको नेपाल स्थित अष्ट्रेलियन राजदुत संग सम्पर्क नहुदाले अष्ट्रेलिया पुग्ने बिमान रित्तै फर्किन लागेको हो । जसको कारण नेपाल बाट अष्ट्रेलिया आउने यात्रुले प्रतिब्यक्ती १ हजार ८ सय अमेरिकन डलर तिर्न बाध्य भएका थिए ।

यसै बिषयका कारण अष्ट्रेलियाका बिभिन्न संघ-संस्थाले राजदुत दाहालले नेपालीका लागि काम गर्न नसकेको गुनासो गर्न थालेका छन् । यस्तै नेपाली कांग्रेसको शुभेच्छुक संस्था एनएफडिएफले राजदुतलाई सो बिषयमा ज्ञापन पत्र समेत बुझाएको बुझ्नमा आएको छ । अष्ट्रेलियामा अहिले राजदुत दाहालको आलोचना गर्न थालिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।