२१ साउन,सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका अधिकांस सबर्अबहरु गत जुन २५ गते देखि लकडाउनमा छन् । पछिल्लो २४ घण्टामा मात्रै २६२ स्थानीय र ६ जना ओभरसिज बाट आएकाहरु सहित कुल २ सय ६८ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ ।
यस्तै बिहिबार बाटै न्यु क्यासल,पोर्ट स्टेफेन लगायतका सर्बअर्बहरुमा लकडाउन सुरु भएको छ। सरकारले कोरोना बिरुद्दको भ्याक्सिनमा समेत द्रुत गतीमा लगाईरहेको छ ।






