५ साउन,सिड्नी ।
गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सन् २०२१-२०२३ का लागि हुने निर्बाचनमा सहभागी उमेद्दवारहरुको अन्तिम नामावली निर्बाचन आयोगले सार्बजनिक गरेको छ। ३१ जुलाईमा हुने निर्बाचनमा अध्यक्षका प्रत्यासीमा बर्तमान प्रबक्ता नन्द गुरुङ र डा.ज्ञानेन्द्र रेग्मी रहेका छन् । यस्तै महासचिबमा राजु बाबु अधिकारी र अच्युत शर्मा थपलिया रहेका छन् ।
राष्ट्रिय सचिव पदमा तिर्थ कार्की र सन्ध्या शाहको नाम प्रकाशित छ । राष्ट्रिय कोषाध्यक्ष पदमा बर्तमान कोषाध्यक्ष अनिल पोख्रेल र बाबुराम गौतम छन् । सह सचिवमा कर्ण कुमार यादब र राज कुमार नगरकोटी रहेका छन् । यस्तै युथ कोर्डिनेटरमा महेश प्रसाई र बबिन मिश्र छन् । निर्बाचन आयोगले दाबि-बिरोधपछि सार्बजनिक गरेको नामावलीमा डेप्युटी युथ कोर्डिनेटरको पदमा चन्द्र प्रसाद तिवारी र बद्री बरुवाल रहे पनि बरुवाल दाबी बिरोधमा परेर उम्मेद्वारबाट अयोग्य ठहरिएपछि तिवारी निर्बिरोध भएका छन् ।
त्यसैगरी युथ सेक्रेटरीमा सुजन न्यौपाने र क्षितिज बुढाथोकी रहेका छन् ।भने,युथ ट्रेजररको पदमा रन्जित ओन्टा र सुमन न्यौपाने चुनाबमा प्रतिष्पर्धामा छन् । अन्य राज्यका उमेद्दवारहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।






