श्यामसुन्दर गिरी,२८ बैशाख,सिड्नी ।
अष्ट्रेलियाको ६ राज्य तथा टेरिटोरीका ४१ सिनेमा हलहरुमा आज (बिहिबार) देखि नेपाली चलचित्र प्रसाद २ प्रदर्शनमा आएको छ । बैशाख १५ गते नेपालमा प्रदर्शनमा आएको चलचित्र करिब २ साता पछि अष्ट्रेलियामा प्रदर्शनमा आएको हो ।
यस अघि चलचित्र प्रेम गीत ३ अष्ट्रेलियाको सिनेमा हलहरुकै नेटवर्क (बक्स अफिस) बाट नेपाल संगै प्रदर्शन गरेको नमस्ते ईन्टरटेन्मेन्टले चलचित्र लाई गोर्खे ईन्टरटेन्मेन्ट संगको सहकार्यमा अष्ट्रेलियामा प्रदर्शनमा ल्याएको हो । नमस्ते ईन्टरटेन्मेन्टका प्रमुख देव कार्कीका अनुसार अष्ट्रेलियाको एनएसडब्लु राज्यको१४,भिक्टोरियाको ९,क्विस्ल्याण्डको ११,साउथ अष्ट्रेलियाको ३,वेस्ट्रन अष्ट्रेलियाको ३ र नर्दन टेरिटोरीको १ पर्दा गरी कुल ४१ पर्दामा चलचित्र प्रदर्शनमा आएको छ ।
कार्कीले चलचित्रको प्रचार-प्रसारमा कुनै कमी नरहेको र दर्शकहरुबाट राम्रो प्रतिकृया आएको बताएका छन् । सामान्यतया चलचित्र शुक्रबार प्रदर्शनमा आउने हुनाले पनि बिहिबारको पहिलो शोको टिकट शोल्ड सोचे अनुसार नभए पनि शुक्रबार बाट राम्रो हुने कार्कीले बताए ।
अष्ट्रेलियामा प्रायःनिजि कम्पनीहरुले सीमित मात्रामा हल बुक गरी चलचित्रको शो गर्दै आएका छन् । यसरी हल बुक बाट चलचित्र हेर्न ३० डलर देखी ४० डलर सम्म तिर्दै आएका दर्शकहरुले सिनेमा नेटवर्क(बक्स अफिस)बाट आएको प्रसाद २ हेर्न १६ डलर देखि २१ डलर तिरेर चलचित्र हेर्न पाउनेछन् । चलचित्रलाई ईभेन्ट सिनेमाले एक साता सम्मको शो दिईसकेको छ ।
सुबास थापाको प्रस्तुती र सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । भने,मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
चलचित्रको ट्रेलर हेर्नुहोस्ः








