अष्ट्रेलियाको ४१ पर्दामा प्रसाद २

श्यामसुन्दर गिरी,२८ बैशाख,सिड्नी ।
अष्ट्रेलियाको ६ राज्य तथा टेरिटोरीका ४१ सिनेमा हलहरुमा आज (बिहिबार) देखि नेपाली चलचित्र प्रसाद २ प्रदर्शनमा आएको छ । बैशाख १५ गते नेपालमा प्रदर्शनमा आएको चलचित्र करिब २ साता पछि अष्ट्रेलियामा प्रदर्शनमा आएको हो ।यस अघि चलचित्र प्रेम गीत ३ अष्ट्रेलियाको सिनेमा हलहरुकै नेटवर्क (बक्स अफिस) बाट नेपाल संगै प्रदर्शन गरेको नमस्ते ईन्टरटेन्मेन्टले चलचित्र लाई गोर्खे ईन्टरटेन्मेन्ट संगको सहकार्यमा अष्ट्रेलियामा प्रदर्शनमा ल्याएको हो । नमस्ते ईन्टरटेन्मेन्टका प्रमुख देव कार्कीका अनुसार अष्ट्रेलियाको एनएसडब्लु राज्यको१४,भिक्टोरियाको ९,क्विस्ल्याण्डको ११,साउथ अष्ट्रेलियाको ३,वेस्ट्रन अष्ट्रेलियाको ३ र नर्दन टेरिटोरीको १ पर्दा गरी कुल ४१ पर्दामा चलचित्र प्रदर्शनमा आएको छ ।

कार्कीले चलचित्रको प्रचार-प्रसारमा कुनै कमी नरहेको र दर्शकहरुबाट राम्रो प्रतिकृया आएको बताएका छन् । सामान्यतया चलचित्र शुक्रबार प्रदर्शनमा आउने हुनाले पनि बिहिबारको पहिलो शोको टिकट शोल्ड सोचे अनुसार नभए पनि शुक्रबार बाट राम्रो हुने कार्कीले बताए ।अष्ट्रेलियामा प्रायःनिजि कम्पनीहरुले सीमित मात्रामा हल बुक गरी चलचित्रको शो गर्दै आएका छन् । यसरी हल बुक बाट चलचित्र हेर्न ३० डलर देखी ४० डलर सम्म तिर्दै आएका दर्शकहरुले सिनेमा नेटवर्क(बक्स अफिस)बाट आएको प्रसाद २ हेर्न १६ डलर देखि २१ डलर तिरेर चलचित्र हेर्न पाउनेछन् । चलचित्रलाई ईभेन्ट सिनेमाले एक साता सम्मको शो दिईसकेको छ ।

सुबास थापाको प्रस्तुती र सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । भने,मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

चलचित्रको ट्रेलर हेर्नुहोस्ः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।