१२ मंसिर, सिड्नी ।
गायक तथा संगीतकार प्रकाश रेग्मीले शनिबार साँझ अष्ट्रेलियाको सिड्नीमा एकल साँझ गरेका छन् । दर्जनौ गीत-संगीतका स्रष्टा रेग्मीले तेस्रो पटक अष्ट्रेलियामा आफ्नो प्रस्तुती दिएका हुन् ।‘प्रकाश रेग्मी एकल साँझ’मा आयोजक एनआर कृयसनले गायकत्रय रमन रेग्मी,सन्जिव पराजुली र ईश्वर पोख्रेललाई सम्मान समेत गरेको छ । अष्ट्रेलियामा रहेर नेपाली गीत-संगीतमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक एनआर कृयसनका प्रमुख गायक तथा मोडल नरेश रेग्मीले बताए ।
एकल साँझमा गायक तथा संगीतकार रेग्मीले सुगम-संगीतका आधादर्जन भन्दा बढी कालजायी गीत संगीत प्रस्तुत गरेका थिए । उनको प्रस्तुतीमा सिड्नीका दर्शकहरु झुमेका थिए ।