सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

२३ असार, एजेन्सी ।
अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरू अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । स्थानीय सरकारी अधिकारीले पनि सुरक्षित स्थानतर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन्। झन्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन्।
पछिल्लो चार दिनमा झन्डै आठ महिनामा हुने जति वर्षा भएको छ । बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन् । Photo Source : The New Daily

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।