सिड्नीमा सुदुरपश्चिम समाजको ‘न्यु ईअर धमाका’ हुने

२६ चैत्र,सिड्नी ।
सुदुरपश्चिम समाज अष्ट्रेलियाले नेपाली नयाँ बर्ष २०७९ को अबसरमा ‘न्यु ईअर धमका’गर्ने भएको छ । आउदो शनिबार हर्षभिल स्थित मरना अडिटरिएममा हुने सांगितिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।कार्यक्रममा गायक शिव परियार,चक्र बम,डिल्ली पोम्बा,गायिकाहरु ज्योति मगर, तृष्णा गुरुङ र मिलन नेवार सहित नेपाली समुदायका स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुती दिने भएका छन् । सो कार्यक्रमका लागि कलाकारहरुको भिषा समेत जारी भईसकेको आयोजकले जनाएको छ ।सामाजिक कार्यमा सकृय भुमिका खेल्दै आएको समाजले पहिलो पटक भव्य रुपमा सांगितिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नयाँ वर्षमा रमाइलोसंगै आफ्ना आफन्तलाई भेटघाट गर्ने राम्रो अवसर भएकोले कार्यक्रममा सहभागी हुन समाजका अध्यक्ष मोहनदेब भट्टले अपिल गरेका छन् ।वाउ एवेंट्स एण्ड इन्टरटेनमेन्ट संगको सहकार्यमा आयोजित कार्यक्रममा प्रबेशका लागि ४० डलरको टिकट राखिएको छ ।

टिकट खरिद गर्न चाहनुहुनेले यहाँ क्लिक गर्नसक्नुहुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।