१८ असोज, सिड्नी ।
सिड्नीबासी गायक तथा मोडल नरेश रेग्मीले नयाँ सांगितिक प्रस्तुतीका रुपमा ‘दशै आयो’बोलको गीत सार्बजनिक गरेका छन् । उनले शनिबार एनआर कृयसन युट्युब च्यानल मार्फत् नयाँ गीतको भिडियो सार्बजनिक गरेका हुन् ।गायक रेग्मीको साथमा देबी घर्तीको स्वर रहेको सार्बजनिक ‘दशै आयो’ बोलको गीतमा शिब हमालको शब्द तथा संगीत रहेको छ ।
भिडियोमा पुष्प खड्का र तनुजा ओलीको अभिनय रहेको छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । अष्ट्रेलियामा रहेर पनि गायक रेग्मीले निरन्तर रुपमा नेपाली गीतसंगीतलाई निरन्तरता दिईरहेका छन् ।
भिडियो हेर्नुहोस्






