एनआरएनए पोर्चुगलका अध्यक्षले दिए पत्रकार बिरुद्द उजुरी

गणेश पाण्डेय, लिस्बन।
गैर-आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनमा आँच पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।पत्रकारिताको धर्म र सिदान्त बिपरित आफ्नो चरित्रहत्या र मानहानी हुने समाचार भोइस अफ नेपालले सम्प्रेषण गरेको आरोप लागाउदै अध्यक्ष गैरेले भोइस अफ नेपाल टिभी बिरुद्द काउन्सिलमा उजुरी दिएका हुन्।

प्रेस काउन्सिलमा परेको उजुरी दर्ता नम्बर १३२९ को पत्रमा उनले लेखेका छन् , ” १२ लाखको वर्क भिषा : पोर्चुगलका वर्क भिषाका पिडितहरुलाई एनआरएनए अध्यक्षको प्रश्न , मिडियालाई सूचना कसले दियो ? लगायतको शिर्षक समाचारले मेरो चरित्रहत्या भएको छ। ” ” भोइस अफ नेपाल टिभीले पटक पटक मेरो चरित्रहत्या र मानहानी हुने खालका विषयवस्तु प्रशारण गरेकोले प्रचलित कानुन र पत्रकार आचारसंहिता बमोजिम कारवाही गरिपाउ।”

उनले उजुरीमा अगाडी उल्लेख गरेका छन् , “: एनआरएनए अध्यक्षका नाताले पोर्चुगलमा आउजाउ गर्ने नेपालीलाई सहयोग गर्ने नैतिक दायित्व मात्रै पुरा गरेको छु। ”

पोर्चुगलमा पछिल्लो समय १२ लाख देखि १५ लाख तिरेर वर्क भिषामा आएका नेपालीहरुलाई स्पोन्सर कम्पनी सम्पर्क नआएपछि कामदारहरु पोर्चुगल आएदेखि नै बेरोजगार छन्। वर्क भिषामा आउदा पनि काम नपाएर उल्टै नेपालबाट पैसा मगाएर बस्नुपर्दा सबैको बेचल्ली भएको छ। वर्क भिषामा आएका उनिहरुलाई अध्यक्ष गैरेले नै लिस्बन एयरपोर्टबाट रिसिभ गरेर आफ्नो घरमा रात्रिभोज खुवाएका थिए।

उनीहरुलाई पोर्चुगल पठाउने म्यानपावर एजेन्ट कम्पनीले पिडित कामदारहरुलाई बारम्बार समाचार हटाउन दबाब समेत दिएको थियो। एजेन्ट कम्पनीले कामदारहरुलाई नेपालबाट नै अध्यक्ष गैरे पोर्चुगलका पार्टनर भएको र उनले नै रिसिभ गर्ने भनेर पठाएको स्वयं पिडितहरु बताउछन्।

अध्यक्ष गैरेले पिडितहरुले प्रहरीमा खबर गरे पोर्चुगलको कार्ड नबन्ने र पोर्चुगलको प्रहरीले उल्टै नेपाल डिपोर्ट गरिदने भनेर गलत सूचना दिएर उनीहरुलाई डर देखाएको पिडितहरुले बताएका छन्। सेफको छापापछी प्रहरीमा उजुरी गर्न बोलाएका नेपालीहरुलाई अध्यक्ष गैरेले नै भगाएका थिए।

अध्यक्ष गैरेले वास्तवमै नेपालीहरुलाई सहयोग गरेको हो भने १२-१५ लाख तिरेर आएका वर्क भिषाका पिडितहरुको आवाज बुलन्द पार्ने कि सेफको छापापछि सेफ र जीएनआरमा उजुरी गर्न बोलाएका नेपालीहरु उल्टै गलत सूचना दिएर डराएर र धम्काएर एक घण्टा नपुग्दै भगाएर लुकाईदिने ? मुल प्रश्न यो हो !

के अध्यक्ष गैरे वर्क भिषामा बाहेकका दिनहुँ एयरपोर्टमा आउने नेपालीहरुलाई त्यसरी नै स्वागत गर्न र उनीहरुको व्यवस्थापन गर्न एयरपोर्ट जान्छन् ? अहिलेसम्म कति सर्वसाधारण नेपालीहरुलाई स्वागत गरे लिस्बन एयरपोर्टमा ? एनआरएनए को अध्यक्ष भएको नाताले आमचासोको हरेक प्रश्नको उत्तर उनले दिनैपर्छ अनि गुनासो सुन्नैपर्छ।

आफु इतरका मान्छेहरुलाई बचाउ गर्दै अरुलाई पेलेरै जाने मनसायमा छन् अध्यक्ष गैरे। एकपछि अर्को अलोकप्रिय निर्णय र गल्ती गर्दै जाने र सुझाव र आलोचना सुन्नै नचाहने गैरे “पोर्चुगलका सडकमा सुत्छन् नेपाली ” शिर्षकको समाचार आउदा समाचारको सार र गुदी नपढी वा नबुझी बिज्ञप्ति निकाल्ने गैरे आफ्नै समितिका बरिष्ठ उपाध्यक्षले सार्वजनिक कार्यक्रममा एक संचारकर्मी तर आफ्नै कार्यसमिति सदस्यमाथि हातपात गरेको दुई साता बित्दा पनि मौन छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।